२७ श्रावण २०८३, बुधबार

थप ८३०५ जनामा कोरोना पुष्टि, १९० जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।

त्यस्तै, थप १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । हालसम्म नेपालमा ५ हजार ८४७ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । योसहित देशभर कोरोना निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ८७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार ३०५ जनामा संक्रमण भेटिएको हो । पिसिआर विधिबाट ८ हजार २२७ र एन्टीजेन विधिबाट ७८ जना संक्रमित पुष्टि भएका हुन् ।