सरकारले जुनसुकैबेला स्वस्थ्य संकटकाल लगाउन सक्ने, यस्तो आयो अध्यादेश - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सरकारले जुनसुकैबेला स्वस्थ्य संकटकाल लगाउन सक्ने, यस्तो आयो अध्यादेश



काठमाडौं । सरकारले जुनसुकै बेला स्वास्थ्य संकटकाल लगाउन सक्ने भएको छ ।कोरोना भाइरसको दोस्रो लहरको संक्रमण उच्च भएसंगै सरकारले ’कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८’ जारी गरेको छ ।उक्त अध्यादेश अनुसार सरकारले कोरोना संक्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा सोको रोकथाम, नियन्त्रण र निदानका लागि राजपत्रमा सूचना प्रकाशन गरी नेपालभर वा कुनै स्थानमा स्वास्थ्य संकटकाल लगाउन सक्ने छ ।

अध्यादेश अनुसार स्वास्थ्य संकटकाल घोषणा भएमा स्वास्थ्य संस्थालाई संक्रमितको निदान र उपचारमा खटाउने र आवश्यकता अनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्न सक्ने अधिकार सरकारलाई रहेको हुन्छ । त्यसैरी सरकारले तोकेको सुरक्षा मापदण्ड पालना नगर्ने लाई जरीवाना लिने छ । मास्कको प्रयोग नगरि हिड्नेलाई हरेक पटक ९ सय जरीवाना सुरक्षाकर्मीले लिने छन ।

हिडुल गर्न रोक लगाईको ठाउँमा आदेश पालना नगरि हिडेमा २ सय जरीवाना वन ६ महिना कैद वा दुवै सजाय गर्ने अधिकार सरकारलाई रहेको हुन्छ ।


प्रतिक्रिया दिनुहोस्