२७ श्रावण २०८३, बुधबार

शनिबार ८,८४८ जना संक्रमणमुक्त भए , थप ८५९१ जनामा संक्रमण



काठमाडौं । आज शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी आज शनिबार पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो हालसम्मकै उच्च हो
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १२९ जनाको ज्यान गएको छ ।

त्यसैगरी आज थप भएकासंगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५ लाख ५६ हजार ४३ पगेको छ । त्यसैगरी हालसम्म कोरोना निको हुनेको संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट ६ हजार १ सय ५३ जनाले ज्यान गुमाएका छन ।