२७ श्रावण २०८३, बुधबार

एमालेले गर्याे माधव-झलनाथसहित ११ नेतालाई कारवाही, सुदुरपश्चिम प्रदेश सरकालाई दिएकाे समर्थन फिर्ता (यी हुन ३ निर्णयसहित)



काठमाडाैं । नेकपाा एमालेकाे स्थायी कमिटि बैठकले पार्टी बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहित ११ नेतालाई कारवाही गरेकाे छ ।

अाफ्नै पार्टीकाे प्रधानमन्त्रीकाे उम्मेदवारलाई सहयाेेेग नगरि बिपक्षी गठबन्धन बनाउन विषेस भुमिका खेल्ने ११ निवर्तमान सांसदहरूकाेे पार्टीकाे सम्पुर्ण जिम्मेवारी खाेसेकाे छ ।

गत शुक्रबार विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरूलाई पार्टीबाट निलम्बन गरिएकाे हाे ।

निलम्बनमा पर्नेहरूमा नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

विपक्षी गठबन्धनमा लागेका अरू १२ सांसदहरूसंग पनि स्पष्टिकरण साेधिएकाे छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे अध्यक्षतामा बसेकाे बैठकले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेकाे छ । अव सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टकाे मुख्यमन्त्री पद धरापमा परेकाे छ ।