१ कार्तिक २०८३, आइतबार

विपक्षी गठबन्धनमा लागेका नुवाकोटका सांसद खतिवडासहित थप १२ जनालाई एमाले सोध्यो स्पष्टिकरण



काठमाडौं । आफनै पार्टिको प्रधानमन्त्री हटाएर विपक्षका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नुवाकोटका सांंसद नारायण खतिवडासहित थप १२ जना सांसदलाई एमालेले स्पष्टिकरण माग गरेको छ ।

आज दिउस ४ बजे वालुवाटारमा वसेको नेकपा स्थायी कमिटी बैठकले १२ जना विघटित प्रतिनिधि सभाका सांसदलाई स्पष्टिकरण माग गर्ने निर्णय गरेको छ ।

उनीहरुले आफनै पार्टिका प्रधानमन्त्री ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउन विपक्ष गठबन्धनले अदालतमा हालेको रिटमा हस्ताक्ष्रर गरेका थिए ।

साथै आजको बैठकले माधव झलनाथ सहित ११ जनालाई निष्कासन समेत गरेको छ ।

स्पष्टिकरण सोधियका सासंदहरु :
1 विरोध खतिवडा
2 जीवनराम श्रेष्ठ
3 घनश्याम भुसाल
4 सोमप्रसाद पाण्डे
5 कृष्णलाल महर्जन
6 झपट रावल
7 भवानी प्रसाद खापुङ
8 यज्ञ सुनुवार
9 सुरेन्द्र पाण्डे
10 मेटमणि चौधरी
11 दिपक प्रकाश भट्ट
12 नारायण खतिवडा