वैकल्पिक विधिबाट परीक्षाको व्यवस्था मिलाउनू : त्रिभुवन विश्वविद्यालयल
काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढेसंगै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका रोकिएका परीक्षा लिनको लागि वैकल्पिक विधिबाट लिन त्रिवि निर्देशन दिएको ।
त्रिभुवन विश्वविद्यालयले हिजो १ सुचना जारी गदै रोकिएका सबै परिक्षा वैकल्पिक विधिबाट लिने व्यवस्था गर्न आग्रह गरेको छ ।
त्रिविको उक्त विज्ञप्तिमा अहिलेको समयमा स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित रहन उनको आग्रह छ । उनले भनेका छन्, ‘यस्तो आक्रान्त परिवेश, विषम परिस्थिति र संवेदनशील घडीमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्छु । साथै महामारीमा संघर्ष गरिरहनु भएको सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मापदण्ड अपनाइ सुरक्षित रहन आग्रह गर्दछु भनिएको छ ।
त्यसैगरी त्रिविले उपकुलपति प्रा.डा.बास्कोटाले वैकल्पिक विधिबाट सुचारु भइरहेका कक्षालाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी भएका कक्षा सुचारु गर्न र सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आ–आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डिन कार्यालयको सम्पर्कमा आउन समेत अनुरोध गरेको छ ।













