कोरोना संक्रमण निको हुनेको संख्या बढ्यो ,बुधबार एकैदिन ६७१६ निको भए
कठमाडौं । बुधबार पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार वितेको २४ घण्टामा १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
त्यसैगरी वितेको २४ घण्टामा थप६७१६ जना कोरोना संक्रमणमुक्त भएका छन । यो कोरोना निको हुनेको संख्या हालसम्मकै उच्च हो त्यसैगरी थप १४५ जनाले ज्यान गुमाएका छन ।
उपत्यकामा १४९३ जना
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।













