कोरोना निको हुनेको संख्या लगातार दोस्रो दिन बढ्यो, एकैदिन ७२२६ निको भए
काठमाडौं ।कोरोना संक्रमण निको हुनेको संख्या आज लगातार दोस्रो दिन बढेको छ ।आज बिहिबार वितेको २४ घण्टामा थप ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका छन ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि घटेको छ । वितेको २४ घण्टामा थप १ सय ६ जनाले ज्यान गुमाएका छन । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय ५१ पुग्यो ।













