२४ भदौ २०८३, बुधबार

हालसम्मकै धेरै जना कारोना संक्रमणमुक्त, कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी आयो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख २८ हजार ६७० जना पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९६ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ जना पुगेका छन् ।
त्यस्तै, थप ६ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार ३१३ पीसीआर परीक्षणमा ६ हजार ८५५ र ७९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी ६ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ जना रहेका छन् ।