२६ श्रावण २०८३, मंगलबार

बैंक तथा वित्तीय संस्थाका कर्मचारीको चेतावनीपछि सामाजिक सुरक्षा कोषको गम्भिर ध्यानाकर्षण



काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कर्मचारीको चेतवनीपछि सामाजिक सुरक्षा कोषले कोषमा आबद्ध हुने कुनै पनि श्रमिकले खाईपाई आएको सेवा सुविधा नघट्ने जनाएको छ । कोाषले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

कोषका अनुसार कोषमा आबद्ध हुदाँ श्रमिकहरुले खाइपाई आएको सेवा सुविधा घट्ने भनी भ्रामक टिकाटिप्पणी भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

श्रम नियमावली २०७५ मा उल्लेख गरिएको अनुसार श्रमिक, कर्मचारीको सेवा सुविधाको सुरक्षाको लागि कानुनी प्रत्याभूति गरिसकेको सन्दर्भमा कोषमा आबद्ध हुँदा खाईपाई आएको सुविधा नघट्ने कोषले जनाएको छ ।

बैंक, बीमा तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन दिएको निर्देशनलाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संगठन, नेपाल वित्तीय संस्था कर्मचारी संघले इन्कार गरेको थियो ।

सामाजिक सुरक्षा कोषमा सहभागी हुन भनेको निर्देशनलाई र्मचारीहरुले खाईपाई आएका सेवा सुविधाहरु कटौती हुनेगरी जबरजस्ती गर्न खोजेको आरोप लगाएको थियो ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संगठन, नेपाल वित्तीय संस्था कर्मचारी संघले कर्मचारीको इच्छा विपरित र खाईपाई आएका सेवासुविधाहरु कटौती हुने विरोध गरेका हुन् ।