१८ भदौ २०८३, बिहिबार

प्राइम बैंकको अध्यक्ष श्रेष्ठले गभर्नर अधिकारीबाट लिए सपथ



काठमाडौं । प्राइम कमर्सियल बैंकको अध्यक्ष राजेन्द्रदाश श्रेष्ठले आज आइबतार पद तथा गोपनियताको सपथ लिएका छन । बैंकको संचालक समितिको मिति जेठ १४ गते बसेको ४२२ औें बैठकले संचालक समितिको सदस्यको पदावधि कायम रहेसम्म राजेन्द्र दास श्रेष्ठलाईनै संचालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो ।

आईतबारका दिन नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा गभर्नर महाप्रसाद अधिकारीबाट यस बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरे । उक्त समारोहमा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बम बहादुर मिश्र, निर्देशकहरु एवं बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको उपस्थिती रहेको थियो ।