गण्डकीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान
काठमाडौं । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् ।
संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि नेपालको संविधानको १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो । प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् ।
प्रदेशसभाको आजको पत्रबाट सो जानकारी आएपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभा सदस्यलाई आव्हन गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले विज्ञप्तिमार्फत जानकारी दिए ।
प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिको प्रयोजनका लागि शनिबार अपराह्न ३ बजेसम्म प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभाका सदस्यलाई दावी गर्न आह्वान गरेकि छिन ।














