२६ श्रावण २०८३, मंगलबार

५२२५ जना संक्रमणमुकत भए, ६७ जनाको ज्यान गयो



काठमाडौं । आज शुक्रबार पछिल्लो २४ घण्टामा देशभर ५ हजार २ सय २५ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुकत हुनेको संख्या५ लाख २० हजार ८ सय १६ पुगेको छ ।

त्यसैगरी वितेको २४ घण्टामा ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी वितेको २४ घण्टामा कोरोना संक्रमणबाट थप ६७ जनाको ज्यान गएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ ।