उपत्यकाका सिडिओहरुको बैठक बस्दै, के होला निर्णय ?
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका बारेमा निर्णय गर्न भक्तपुर, ललितपुर र काठमांडौका सिडिओहरुको बैठक बस्ने भएको छ । आइतबार बस्ने बैठकले निषेधाज्ञा थप गर्ने वा नगर्ने भन्ने निर्णय गर्नेछ ।
नयाँ मोडालिटीमा गर्ने भन्ने बिषयमा निर्णय हुन सक्ने जनाइएको छ । काठमांडौ उपत्यकामा जारी निषेधाज्ञा भोलि जेठ ३१ गतेबाट सकिदैछ । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा लम्ब्याएर जेठ ३१ सम्म थप गरिएको हो ।
गृह मन्त्रालयका अनुसार लकडाउन अब खुकुलो बनाउँदै लैजाने भनेको छ । सोहि अनुसार काठमाडौं उपत्यकामा पनि अर्थतन्त्र चलायनमा हुनेगरि निषेधाज्ञा थप गर्ने तयारी भैरहेको छ ।















