राट्रपति कार्यालयले भन्यो ‘धारा ७६ (५)को प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने आधार राष्ट्रपतिसंग मात्र’
काठमाडौं । राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्तीको तजिवीधि आफुमा रहेको बताएको छ । बिहीबार संबैधानिक अदालतलाई जवाफ लेख्दै राष्ट्रपति कार्यालयले दलिय संरचनाको आधारमा एक दलको सांसदले अर्को दलको नेतालाई प्रधानमन्त्रीमा सिफिारिस गर्न नमिल्ने बताएको छ ।
एक दलबाट निर्वाचित भएको सांसदले अर्को दलको नेतालाई सिफारिस गरेकै आधारले विपक्षी गठबन्धनको दावी नपुगेको राष्ट्रपति कार्यालयले स्पष्ट पारेको छ । राष्ट्रपति कार्यालयले यसअघि केपी शर्मा ओली र शेर बहादुर देउवाले एक महिनाभित्र बहुमत जुटाउने आधार नदेखिएको जनाएको छ ।
प्रधानमन्त्रीमा दावी गरेका केपी शर्मा ओलीले दलिय आधारमा १५३ जना सांसद पुर्याएका थिए भने विपक्षी गठबन्धनबाट शेरबहादुर देउवाले एमालेका २३ सांसदसहित १४९ सांसद पुर्याएका थिए ।













