२४ भदौ २०८३, बुधबार

थप २ हजार ४७६ जनामा कोरोना संक्रमण भेटियो, २७ जना संक्रमितको मृत्यु



काठमडौं । पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनाको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार ३५१ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७४६ जनामा कोराना पुष्टि भएको हो । मन्त्रालयका अनुसार ९ हजार ५८६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७२१ र ४ हजार ७६५ जनाको एन्टीजेन परीक्षण गर्दा ६५५ जना संक्रमित पुष्टि भएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९४५ जना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा देशभर ५ हजार ४५५ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९१ दशमलब ३ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७६ हजार ४१३ जना संक्रमित निको भइसकेका छन् ।पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४५५ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९१ दशमलब ३ प्रतिशत रहेको छ।