सार्वजनिक सवारी जोर–बिजोर प्रणालीमा चल्न दिने, निर्णय भोलि हुने
कठमाडौं । काठमाडौँ उपत्यामा निषेधाज्ञा थप खुकुलो हुने भएको छ । आइतबार बसेको उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले सार्वजनिक सवारी साधनलाई जोर–बिजोर प्रणालीमा चल्न दिने बारे छलफल भएको छ ।
आइतबार बसेको बैठकले निषेधाज्ञा थप गर्ने तर जोर–बिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउने बारे छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
तीनजनै सीडीओबाट जिल्लाको अवस्था रिपोर्टिङ भएपछि भोलिको बैठकबाट मंगलबारदेखिको निषेधाज्ञाको मोडालिटी निर्णय हुने बताइएको छ । त्यसका लागि केहीबेरमा सीडीओहरूको छलफल तय गरिएको छ ।















