२६ श्रावण २०८३, मंगलबार

कोभीडपछिको पुनरुत्थानका लागि विश्व बैंकसँग थप १८ अर्बको ऋण सम्झौता



काठमाडौं । सरकारले कारोना भाइरस महामारी विरुद्ध जुध्न भन्दै विश्व बैंकसँग थप १७ अर्ब ७८ करोड रुयैयाँ (१५ करोड अमेरिकी डलर) ऋण लिने भएको छ । सहुलियत ब्याजदरमा प्राप्त हुने यस्तो ऋण सम्झौता सम्पन्न भएको अर्थ मन्त्रालयले जनाएको छ ।

आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुंगाना र नेपाल, माल्दीभ्स तथा श्रीलंका हेर्ने विश्व बैंकका आवाशीय निर्देशक फारिस हदाद जेर्भोसबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त रकम नेपाल सरकारको प्राथमिकता अनुसारका क्षेत्रमा भौतिक पुर्वाधार निर्माण गर्न खर्च हुने अर्थसचिव ढुंगानले बताए ।