निषेधाज्ञा खुकुलो भएसँगै सेयर बजामा भारि अंकको गिरावट
काठमाडौं । लगातार २ दिन उकालो लागेको सेयर बजार मंगलबार घटेको छ । नयाँनयाँ उचाईमा पुगिरहेको नेप्से ओरालो लाग्ने यात्रामा २ दिन बढेपनि मंगलबार भने फेरि घटेको हो । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञा खुकुलो भएसँगै नेप्से ओरालो लागेको सेयरविज्ञ बताउँछन् । लगानी गर्न अन्य क्षेत्रहरु विस्तारै खुकुलो हुनथालेपछि त्यसको प्रभाव नेप्सेमा परेको सेयरविज्ञहरुले बताएका छन् । यता कर तिर्नका लागी पनि असार २५ गते अन्तिम ताकेता गरिएको छ । यसले पनि बजारमा प्रभाव पारेको बताइन्छ ।
मंगलबार नेप्से परिसूचक ४७.५० अंकले घटेर २८२८ अंकमा बन्द भएको छ । मंगलबार दिनभरिमा २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजार कित्ता सेयर ७५ हजार पटक किनबेच हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।














