सेयर बजारमा पहिरो: नेप्से ३२.६५ अंकले घट्यो, १३ वटै उपसूचक राताम्मे
काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । साेमबार सेयर बजार परिसूचक नेप्से ३२.६५ अंकले घटेर २६ सय ५घ दशमलव ८८ बिन्दुमा झरेकाे छ।
आज १३ वटै उपसूचकहरू घटेका छन् । यसदिन बैंकिङ १.०७, विकास बैंक १.८८, फाइान्स १.५३, होटल तथा पर्यटन ०.६३, जलविद्युत १.०८, लगानी १.४२, जीवन बीमा १.४७, उत्पादन तथा प्रशोधन ०.९०, लघुवित्त १.१६, म्युचुअल फण्ड ०.७३, निर्जीवन बीमा १.७२, अन्य १.६१ र व्यापार समुहकाे उपसूचक ०.८६ प्रतिशत घटेकाे छ।
नेप्सेसँगै यसदिन काराेबार पनि घटेकाे छ। आज ३४३ वटा कम्पनीको १ करोड ९८ लाख २२ हजार ३९२ कित्ता शेयर ७ अर्ब १८ कराेड ३७ लाख १३ हजार रुपैयाँमा किनबेच भएको छ ।
अघिल्लाे काराेबार दिन गत शुक्रबार ३४८ वटा कम्पनीको २ करोड २८ लाख ६२ हजार ५५४ कित्ता शेयर ८ अर्ब ८९ कराेड १५ लाख ९५ हजार रुपैयाँमा किनबेच भएको थियाे ।
आज २१ वटा कम्पनीको शेयर बढेको छ भने २५२ वटाको घटेको छ । यस्तै ६ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
यसदिन बेनी हाइड्राेपावर प्राेजेक्ट लिमिटेडकाे सेयर मूल्य सर्वाधिक १३.५८ प्रतिशतले बढेकाे छ।















