मंगलबार ४३४८ संक्रमणमुक्त भए, २० जनाको मुत्यु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मंगलबार ४३४८ संक्रमणमुक्त भए, २० जनाको मुत्यु



काठमाडौं । मंगलबार ४ हजार ३ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ९२ हजार ५ सय ३५ पुगेको छ । हाल देशभर ३५ हजार ३ सय १० जना संक्रिय संक्रमित रहेका छन ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० रहेको छ । यो संगै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७१ जना पुगेका छन ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ यो संगै कोरोना संक्रमण हुनेको संख्या ६ लाख ३६ हजार ९ सय १६ जना पुगेको छ । हाल देशभर ३ सय ३८ जना क्वारेन्टीन रहेका छन ।


प्रतिक्रिया दिनुहोस्