२ कार्तिक २०८३, सोमबार

मध्यावधि निर्वाचनः असोज २० र ३१ मा उम्मेदवारी मनोनयन



काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले तयार पारेको तालिका अनुसार पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा २० गते र दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा असोज ३१ गते उम्मेदवारी मनोनयन गर्ने तालिका रहेको छ ।

सरकारले पहिलो चरणमा कात्तिक २६ र दोस्रो चरणमा मंसिर ३ मा निर्वाचनको मिति तोकेको छ । आयोगले दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको समय दिने भएको छ ।

पहिलो चरणको निर्वाचनको कात्तिक २६ गते मतदान हुने कार्यतालिका छ। यसैगरी दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने मिति असोज ३१ देखि कात्तिक १ गतेसम्मका लागि तोकिएको छ।