सहारा विकास बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?
काठमाडौं । सहारा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको हिजो (असार २२ गते, मंगलबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४–०७५, २०७५–०७६ र २०७६–०७७ को संचित मुनाफाबाट ५.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनिहरुलाई ५.०५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२७ प्रतिशत नगद लाभांश गरि कूल ५.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ ।
बैंकको हाल चुक्ता पूँजी २७ करोड २२ लाख ७० हजार ६०४ रुपैयाँ रहेको छ भने बोनस सेयर वितरण चुक्ता पूँजी २८ करोड ६० लाख २० हजार रुपैयाँ पुग्नेछ ।














