७ श्रावण २०८३, बिहिबार

यी ४ तरिकाबाट हेर्नुहोस् जीवन विकास लघुवित्तको आईपीओ



काठमाडौं । जीवन विकास लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड गरिएको छ । आज बुधबार बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

बाँडफाँड गरिएपछि आईपीओको रिजल्ट हेर्न लगानीकर्ता ४ विधिबाट हेर्न सक्नेछन् । लगानीकर्ताले जीवन विकास लघुवित्तको वेबसाइट http://jeevanbikasmf.com/, सिडिएससको मेरो सेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडिएससीले आईपीओ हेर्नका लागी संचालनमा ल्याएको वेबसाइट https://iporesult.cdsc.com.np/ र बिक्रीप्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/shareallotment मा गएर हेर्न सक्निछ ।

मागभन्दा बढि आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँड गर्दा १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले आईपीओ पाएका छन् । त्यस्तै, भाग्यमानि ५ जनाले ११ कित्ता शेयर पाएका छन् ।

कम्पनीको आईपीओमा कूल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएको क्यापिटलले जनाएको छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ३० हजार ४२० कित्ता कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।


प्रतिक्रिया दिनुहोस्