फेरी बढ्यो सुनको मुल्य, तेलामा कति ? - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

फेरी बढ्यो सुनको मुल्य, तेलामा कति ?



काठमाडौं । आज विहिबार नेपाली बजारमा सुनको मुल्य तोलामा १ सयले बढेको छ । हिजो ४ सयले बढेको सुनको मुल्य आज १ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ३ सय र तेजावि सुन प्रतितोला ९१ हजार ८ सय रुपैयँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार सुन तोलामा ४ सयले रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९२ हजार २ सय र तेजावि सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको मुल्य १० रुपैयाँले बढेर तोलामा १ हजार ३ सय २० रुपैयाँ पुगेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ, तेजावी ९१ हजार ३०० रुपैयाँ र चाँदी १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्