नेपालकै पहिलो खुलामुखी योजना एनआइबिएल सहभागिता फण्ड तेस्रो वर्षमा प्रवेश, प्रति इकाई खुद मूल्य १७.२१ रुपैयाँ पुग्यो
काठमाडौं । नेपालकै पहिलो खुलामुखी योजाना एनआइबिएल सहभागिता फण्ड तेस्रो वर्षमा प्रवेश गरेको छ ।नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित एनआइबिएल सहभागिता फण्ड तेस्रो वर्षमा प्रवेश गरेको हो ।
उक्त खुलामुखी योजानाले संचालनको पहिलो आर्थिक वर्ष २०७६/२०७७ मा नै आफ्ना इकाईधनीहरुको लागि ८.२५ प्रतिशत नगद लाभांश समेत प्रदान गर्न सफल भएका थिए । १०.०० अंकित मूल्य रहेको यस योजानाको २०७८ साल असार २२ सम्ममा प्रति इकाई खुद मूल्य रु १७.२१ पुगेको छ भने योजानाको आकार ३१.४२ करोड पुगेको छ ।
योजना व्यवस्थापक, एनआईबिएल एस क्याप्टिल लिमिटेडले एनआइबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा लगानीकर्ताहरुलाई आफ्नो लगानीलाई तत्काल दुई गुणा सम्म बृद्धि गराउने योजाना गत आइतबार असार २० गते देखि आज बिहीबार सम्मको लागि ल्याएको थियो ।
उक्त योजनामा हालसम्म सहभागि नभएका लगानीकर्ताहरुलाई आज योजानाको अन्तिम दिन अपह्रान्न ३ बजे सम्ममा सहभागि हुन समेत एनआईबिएल एस क्याप्टिल लिमिटेडलले अनुरोध गरेको छ ।
उक्त योजनाको नतिजा २०७८ साल श्रावण १५ गते गोलाप्रथाद्वारा Facebook Live मार्फत गरिनेछ र योग्य सहभागिहरुबाट २० जना विजेता घोषणा गरिने र पूर्व निर्धारित नियम र सर्तहरु अनुसार पुरस्कार वितरण गरिने कम्पनिले जनाएको छ
















