७ श्रावण २०८३, बिहिबार

असार २७ गतेदेखि सिडिएसले घरायसी र मृत्यु नामसारी सेवा पुनः सुचारु गर्ने



काठमाडौं । कोरोना भाइरसका कारण सिडिएस एन्ड क्लियरिङ लिमिटेडले प्रदान गर्दै आएको घरायसी तथा मृत्यु नामसारी सेवा गत बैशाख १२ गतेदेखि बन्द गरिएको थियो । उक्त सेवा पुनः सुचारु गरिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । सिडिएस एन्ड क्लियरिङले सूचना प्रकाशन गर्दै असार २७ गतेदेखि रायसी तथा मृत्यु नामसारी सेवा पुनः सुचारु गरिएको जानकारी दिएको हो ।

सिडिएस एन्ड क्लियरिङका अनुसार कोरोना महामारीको दोस्रो लहरका कारण बैशाख १२ गतेदेखि स्थगन गरिएकोमा सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि स्वास्थ्य मापदण्ड अपनाएर असार २७ गते आइतबारदेखि पुनः सुचारु गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्