आइतबार चाँदी १० रुपैयाँले बढ्यो, सुन स्थिर
काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मुल्य स्थिर रहेको छ ।गत शुक्रबार १ सयले बढेको सुनको मुल्य आज स्थिर रहेको हो । आज सुन स्थिर रहदै छापावाला सुन प्रतितोला ९२ हजार ४ सय र तेजावि सुन ९१ हजार ९ सयमा कारोकार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यसैगरी आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोकार भइरहेको छ ।
शुक्रबार सुन तोलामा १ सयले बढेर छापावाला सुन प्रतिता्ला ९२ हजार ४ सय र तेजावि सुन ९१ हजार ९ सयमा र चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
विहिबार १ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ३ सय र तेजावि सुन प्रतितोला ९१ हजार ८ सय र चाँदीको मुल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुन तोलामा ४ सयले रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९२ हजार २ सय र तेजावि सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको मुल्य १० रुपैयाँले बढेर तोलामा १ हजार ३ सय २० रुपैयाँ पुगेको थियो ।
मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ, तेजावी ९१ हजार ३०० रुपैयाँ र चाँदी १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।
















