७ श्रावण २०८३, बिहिबार

यूनियन लाइफको आईपीओमा कतिले दिए आवेदन ?



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मा साढे १८ लाखले आवेदन दिएका छन् । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ५ः२० बजेसम्म यूनियन लाइफको आईपीओमा १८ लाख ३५ हजार ६५६ जनाले २ करोड ९४ लाख ६३ हजार ४९० कित्ता सेयरका लागी आवेदन दिएका छन् । आईपीओमा मागभन्दा ५.०७ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले बिहीबारदेखि ६४ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ६४ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ३ लाख २२ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुलाई, ३ लाख २२ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

सर्वधारण लगानिकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्ता सम्म आवेदन दिन सक्नेछन् । आईपीओ छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।


प्रतिक्रिया दिनुहोस्