२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो २ बजे सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो । प्रधानमन्त्री ओलीले मंगलबार देशवासिका नाममा सम्बोधन गर्दै बालुवाटार छोड्ने तयारी गरेको स्रोतले जनाएको छ ।