मंगलबार नेप्से १६.३४ अंकले बढ्यो, ५ अर्ब ५४ करोडको कारोबार
काठमाडौं । आज मंगलबार नेप्से सामान्य अंकले बढेको छ । हिजो ४५ अंकले घटेको नेप्से आज १६.३४ अंकले उकालो लागेको छ । १६.३४ अंकले बढेर २८७१.०३ अंकमा पुगेर बजार बन्द भएको छ । आज जिवन विमा समुह बाहेक सबै समुहमा हरीयाली छाएको छ ।

आज दिनभर २ सय २३ कम्पनिको १२ करोड ३ लाख ४८ हजार ३ सय ८९ कित्ता शेयर ५३ हजार १ सय ३९ पटक किनबेच हुदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २ सय २४ रुपैयाँको कारोबार भएको छ ।
जिवनविमा समुह बाहेक सबै समुहका लागानिकर्ताले आज कमाएका छन । आज सबैभन्दा बढि फाइनान्स समुह ९३.७८ अंकले बढेको छ भने विकास बैंक समुह ७०.३३ अंकले बढेको छ । त्यसैगरी माइक्रोफाइनान्स समुह ३३.९३ अंकले बढेको छ । आज निर्जिवन विमा समुह मात्र ६६.१९ अंकले घटेको छ ।
















