७ श्रावण २०८३, बिहिबार

सगरमाथा इन्स्योरेन्सको ११.५७ प्रतिशत लाभांश पारित



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभाले हाल कायम चुक्ता पूँजीको ११.५७८९ प्रतिशत लाभांश पारित गरेको छ ।

जसमा ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ लाख २२ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै, सभाले गत आर्थिक वर्षका वार्षिक, आर्थिक लगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी अनुमोदन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्