यूनियन लाइफको आईपीओ बाँडफाँड अहिले हुँदै (रिजल्ट हेर्ने तरिकासहित)
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आइपीओ) अहिले बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार अहिले ५ बजे ईन्द्रेणी बैंङक्वेट बानेश्वरमा बाँडफाँड भैरहेको छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृति दिएपछि बाँडफाँड गरिएको प्रभु क्यापिटलले जनाएको हो ।
कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमा ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
आइपीओमा २१ लाख ७२ हजार ८६८ जना आवेदकबाट ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताको लागि आवेदन परेको हो । क्यापिटलका अनुसार २१ लाख १७ हजारको मात्रै आवेदन सदर भएको छ भने बाँकि आवेदक रद्द गरिएको छ ।
https://iporesult.cdsc.com.np/
www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)













