यूनियन लाइफको ५ लाख ८० हजारले १० कित्ता पाए, १५ लाख २७ हजारको हात खालि
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आइपीओ) अहिले बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ईन्द्रेणी बैंङक्वेट बानेश्वरमा बाँडफाँड गरिएको हो । मागभन्दा बढी आवेदन परेकाले गोला पंथा विधिबाट आईपीओ बाँडफाँड गर्दा ५ लाख ८० हजार ५ सय जनाले मात्रै १० कित्ताका दरले पाएका छन् भने अरु सबैको हात खालि भएको हो । १५ लाख २७ हजार ७९९ जनाको हात खालि भएको छ ।
कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमा ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
आइपीओमा २१ लाख ८२ हजार ७७५ जना आवेदकबाट ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताको लागि आवेदन परेको हो । क्यापिटलका अनुसार २१ लाख १२ हजार ७९९ जना मात्रै आईपीओ पाउन योग्य रहेको थिए भने ६९ हजार ९७६ जनाको रघ गरिएको छ ।













