२ कार्तिक २०८३, सोमबार

सरकारले ११ देशका राजदूत फिर्ता बोलायो



काठमाडौं । सरकारले ११ देशका लागि राजूत नियुक्त भएको नियुक्ति खारेज गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केपी ओली सरकारले गरेको ११ देशका राजदुत नियुक्ति खारेज गरेको हो ।संसदीय प्रक्रिया छलेर राजदूत नियुक्ति गरिएकाले सरकारले खारेज गरेको स्रोतले जनाएको छ ।

अस्ट्रियाका लागि निर्मलराज काफ्ले, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मालाई राजदूत नियुक्त भएका छन । त्यस्तैगरि रसियाका लागि जंगबहादुर चुहान, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधार, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी, साउदी अरेवियाका लागि मेराज मुसलमान र बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा नियुक्त भएका थिए । उनीहरु सबैको नियुक्ती खारेज भएको छ ।