७ श्रावण २०८३, बिहिबार

नेप्सेमा विभिन्न ६ कम्पनीको सेयर सूचीकृत, कुन कम्पनीको कति ?



काठमाडौं । गत साता नेपाल स्टक एकसचेञ्ज (नेप्से)मा विभिन्न ६ कम्पनीको सेयर सस्चीकृत भएको छ ।

स्टकका अनुसार डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनश बापतको १५ लाख ८ हजार १५०.३६१८ कित्ता र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१ प्रतिशत बोनश बापतको १ करोड ७० लाख ३८ हजार ९८.५१ कित्ता सेयर, महालक्ष्मी विकास बैंक लिमिटेडको ८.८० प्रतिशत बोनश बापतको २७ लाख ३ हजार ४१३.९६ कित्ता सेयर, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनश बापतको १० लाख ५६ हजार २७४.८४४ कित्ता सेयर सूचीकृत भएको हो ।

त्यस्तै, नेप्सेमा नेपाल राष्ट्र बैंक नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेको विभिन्न ५ वटा विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । जसमध्ये, २०८४ “घ“ को १० अर्ब, २०८३ “ग“ को १० अर्ब, २०८४ “ङ“ को १० अर्ब, २०८५ “घ“ को १० अर्ब र २०८५ “ङ“ को १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद बापतको ५२ लाख ४१ हजार १९७ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्