थप २ हजार ४४५ जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६४२ जना र ३ हजार ८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार २५८ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।











