आजदेखि मध्य भोटेकोशीको आईपीओ पुनः बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ? - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

आजदेखि मध्य भोटेकोशीको आईपीओ पुनः बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?



काठमाडौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमो आजदेखि पुन आवेदन दिन सकिने भएको छ ।कोरोना भाइरस संक्रमण नियन्यत्रका लागि लकडाउन भएको कारण स्थगित भएको आईपिओमा आजबाटप फेरी आवेदन दिन सकिने भएको हो ।

बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानियको लागि कम्पनिले प्रतिशेयर १०० रुपैयाँ अंकितमुल्यका ६० लाख कित्तँ साधारण शेयर निष्काशन गरेको थियो निष्काशन गरिने कुल शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका १ र ५, बाह्रबिसे नगरपालिका ५ र ६ तथा बाह्रबिसे नगरपालिका ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ । बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।


लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतमा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।शेयर निष्काशन बन्द छिटोमा साउन १७ गते हुनेछ । १७ गतेसम्म पनि पुर्ण रुपमा आवेदन नपरेमा निष्काशन अवधि ३२ गतेसम्म थप हुने छ ।


कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ । त्यसैगरी सह निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल रहेका छन्।

आईपीओमा आवेदन दिन इच्छुक लगानिकताले ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनिले जानकारी दिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्