काठमाडौं उपत्यकामा १० दिन थपियो निषेधाज्ञा
काठमाडौं । राजधानी शहर काठमाडौं उपत्यकामा निषेधाज्ञा अझै १० दिन लम्बिएको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यसअघि लागू गरिएको निषेधाज्ञाको म्याद आज सकिएको छ । यस पटक निषेधाज्ञाको नियम भने परिवर्तन गरिएको छैन ।
कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने जोखिम बढेको र संक्रमितको संख्या पनि दिनानुदिन थपिँदै गएपछि हाल कायम रहेको प्रकृयामै निषेधाज्ञा थप गर्ने प्रयास भएको हो । अब १९ साउनको राति १२ बजेसम्म निषेधाज्ञा कायम रहने छ ।













