२ हजार २३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ५६९ पीसीआर र ३ हजार २६५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कूल कोरोना संक्रमितको संख्या ६ लाख ८० हजार ५५६ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ५० जनामा कारोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित कोरोना निको हुनेको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ ।
त्यस्तै, कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ ।












