नेक र स्थानीय सडक पुल इकाई बीच सम्झौता - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेक र स्थानीय सडक पुल इकाई बीच सम्झौता



काठमाडौ. । नेपालमा १० हजार भन्दा बढी इन्जिनियरहरू उत्पादन गरिसकेको गैरनाफा मुलक संस्था नेपाल इन्जिनियरिङ कलेज (नेक) र नेपालमै स्थानीय सडकहरूमा वर्षेनी सय भन्दा बढि पुल निर्माण गर्दा डिजाइन र सुपरभिजनमा प्राविधिक सहयोग गर्दै आएको संस्था स्थानीय सडक पुल इकाई बीच सम्झौता भएको छ ।

पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम विकास तथा लागू गर्ने उद्देष्यले दुई संस्थाका बिचमा सम्झौता भएको हो । सम्झौता पत्रमा नेकको तर्फबाट कलेजका प्राचार्य प्रा. डा. हरिकृष्ण श्रेष्ठ र स्थानीय सडक पुल इकाइको तर्फबाट इकाईका टिम लिडर इन्जिनियर सकिल मानन्धरले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यान्वयन गर्ने सिलसिलामा दुवै संस्था मिलेर नेपालका स्थानीय सडकहरूमा दिगो र टिकाउ पुल बनाउन के कस्ता प्राविधिक पक्षहरूलाई ध्यान दिने र कसरी चुस्त पुलहरू डिजाइन गर्ने भन्ने विषयको पाठ्यक्रम तयार गरी स्नातक तहका इन्जिनियरिङ विद्यार्थीहरूलाई अध्यापन गराइने छ । साथै विद्यार्थीहरूले सोहि विषयमा प्रोजेक्ट गर्न चाहेमा तथ्याङ्क तथा फिल्डमा जाने बस्ने खर्च समेत उपलब्ध गराउने प्रावधानहरू छन् ।


प्रतिक्रिया दिनुहोस्