१८ कार्तिक २०८३, बुधबार

राष्ट्र बैंकका कार्यकारी थापालाई बीमा प्राधिकरणकाे जिम्मा



काठमाडाैं । नेपाल बीमा प्राधिकरणकाे अध्यक्षमा राष्ट्र बैंंकका कार्यकारी निर्देशक राजन विक्रम थापाले बाजि मारेका छन् ।

बीमा क्षेत्रकाे नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त भएका हुन् ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराए।

सरकारले लामाे समयदेखि रिक्त प्राधिकरणकाे अध्यक्ष बल्ल नियुक्त गरेकाे हाे ।

२०८२ भदाै २ गते तत्कालिन प्राधिकरण अध्यक्ष सरद ओझालाई सरकारले हटाएपछि १४ महिनापछि प्राधिकरणले अध्यक्ष पाएकाे हाे ।