२४ भदौ २०८३, बुधबार

कक्षा १२ सहित सबै परीक्षा स्थगित



काठमाडौं । कोरोना भाइरसको संक्रमणदर दैनिक बढिरहेकाले कक्षा १२ परिक्षा स्थगित गरिएको छ । कोरोना संक्रमण दर बढेकाले कक्षा १२ सहित सबै तहको परीक्षा स्थगन गरिएको हो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसको जोखिम बढेको भन्दै कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगन गरिएको जानकारी दिए ।

भर्चुअल पत्रकार सम्मेलनमा उनले कोभिड–१९ को तेस्रो लहरको जोखिम पनि बढिरहेकाले परीक्षा स्थगन गरिएको र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा शिक्षा मन्त्रालयसँग छलफल चलिरहेको बताएक छन् । कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट भदौ ९ गतेसम्म हुने भनिएको थियो ।

उनले भने, ‘निकट भविष्यमा सञ्चालन हुन गईरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ ।’