मन्त्रीपरिषद विस्तार गर्न बालुवाटारमा देउवा, प्रचण्ड र यादवको बैठक शुरु
काठमाडौं । सेर बहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको करिब ३ हप्ता भन्दा बढी भैसकेको छ । पहिलो चरणमा ४ जना मन्त्रीसहित प्रधानमन्त्रीले सपथल लिएका थिए । तर १ महिना पुग्नै लाग्दा पनि दोस्रो चरणको मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन् । सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेता मन्त्री परिषद् विस्तारका लागी छलफलमा जुटेका छन् ।
सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रीपरिषद विस्तारका लागी प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल शुरु भएको छ ।
मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको भन्दै चौथर्फि आलोचना भैरहेकाले तीन दलका शिर्ष नेता छलफलमा जुटेका हुन् । स्रोतका अनुसार सम्भवत् सोमबारको छलफलले आजभोलि नै मन्त्रीपरिषद विस्तार हुनेछ ।
यसअघि बिहीबार बसेको शीर्ष नेताहरुको बैठकले काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्र ७ र जसपा ७ मन्त्रालय पाउने प्रारम्भिक सहमित भएको थियो । स्रोतका अनुसार सोमबारको बैठकले कुन पार्टीलाई कुन मन्त्रालय दिने भन्ने निर्णय हुन सक्नेछ ।















