थप ३ हजार १२५ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ६१३ नमुनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ एन्टिजेन परीक्षण गर्दा ८४६ जना गरी ३ हजार १२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६ लाख ९९ हजार ६४९ जना पुगेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ९ हजार ८९८ जना पुगेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५८ हजार १२२ जना पुगेका छन् । देशभर रहेका सक्रिय संक्रमितमध्ये २८ हजार ४०५ जना होम आइसोलेसनमा रहेका छन् ।












