२६ श्रावण २०८३, मंगलबार

शनिबार थप ३२१८ जनामा कोरोना संक्रमण, उपत्यकामा ९२० थपिय



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
हजार ८ सय ६६ जनाको पीसीआर परीक्षणमा २ हजार २ सय ३१ जनामा र ४ हजार ७ सय ७ जनाको एन्टिजेन परीक्षणमा ९ सय ८७ जना गरी ३ हजार २ सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्ले २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ३८ पुगेको छ ।

वितेको २४ घण्टामा १ हजार ७ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको छ । ३२ हजार २७ जना होम आइसोलेसनमा र ३ हजार ४०५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

काठमाडौं उपत्यकामा ९२० संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १३८ संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।