२६ श्रावण २०८३, मंगलबार

नेपाल बङ्गलादेश बैंकको नाफा ८४.१७ प्रतिशत बढ्यो, ब्याज आम्दानी सामान्य घट्दा अन्य सबै सूचकमा अब्बल



काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ८४.१७ प्रतिशत बढेर २ अर्ब २९ करोड २५ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले खुद नाफा १अर्ब २४ करोड ४८ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ७.५० प्रतिशत घटेर २ अर्ब ६३ करोड १२ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले खुद ब्याज आम्दानी २ अर्ब ८४ करोढ ४७ लाख ६६ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म बैंकको चुक्ता पूँजी ५.९९ प्रतिशत बढेर ९ अर्ब ४८ लाख २१ हजार रुपैयाँ, जगेडा कोष ४०.४८ प्रतिशत बढेर ६ अर्ब ४६ करोड ३० लाख ९९ हजार रुपैयाँ, निक्षेप ३१.४५ प्रतिशत बढेर ८७ अर्ब १२ करोड ७८ लाख ७१ हजार रुपैयाँ र कर्जा १५.८६ प्रतिशत बढेर ६८ अर्ब ४८ करोड ४९ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा २२८.४९ प्रतिशत बढेर १ अर्ब ४७ करोड ५२ लाख ८३ हजार रुपैयाँ रहेको छ । बैंकको नेट फि कमिशन आम्दानी ९.३६ प्रतिशत बढेर १ अर्ब १९ करोड ९८ लाख ६५ हजार रुपैयाँ, सञ्चालन मुनाफा ७४.६८ प्रतिशत बढेर ३ अर्ब २० करोड ८९ लाख २२ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ ८१ पैसा बढेर २५ रुपैयाँ ४६ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ६५ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १७.१३ गुणा रहेको छ ।