प्रधानमन्त्री देउवाको सरकारले स्वास्थ्य सामग्री खरिदमा दोषिलाई कारबाही गर्ने
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाको सरकारले स्वास्थ्य सामाग्रीमा भएको अनियमितताबारे छानबिन गर्ने भएको छ । आइतबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएको हो ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा स्वास्थ्य मन्त्रालयमा स्वास्थय सामाग्रीमा भएको अनियमितताबारे छानविन गर्ने भएको हो । गठबन्धनको सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने भनिएको छ ।
















