२ कार्तिक २०८३, सोमबार

कुलमान घिसिङलाई जनअपेक्षा स्वीकार गर्दा दोस्रो इनिङ जीवनकै ठूलो चुनौती



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो इनिङ आफ्नो जीवनकै ठूलो चुनौती भएको बताएका छन् ।

बुधबार प्राधिकरणमा पदभार ग्रहण गरेका नवनियुक्त कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले भने ‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु । यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ ।’ व्यक्तिगत रुपमा दोहोरिनै पर्छ भन्ने मत नभएपनि विद्युत प्राधिकरणको आवश्यकता, सरकारको निर्णयका साथै जनअपेक्षाका कारण यो चुनौती स्वीकार गरेको उनले बताए ।

प्राधिकरको प्रबन्धक निर्देशक कुलमान घिसिङले बुधबार कार्यभार सम्हालेका हुन् । पदभार गर्न नवनियुक्त कार्यकारी निर्देशक घिसिङ प्राधिकरण पुग्दा त्यहाँका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । ऊर्जामन्त्री पम्फा भुसालको उपस्थितिमा ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई ४ वर्षे कार्यकाल पूरा गरेर गत वर्ष अवकाश भएका घिसिङलाई नियुक्त दिएका हुन् ।

कुलमान घिसिङ ४ वर्षका लागी कार्यकारी निर्देशक नियुक्त भएका हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।