२ कार्तिक २०८३, सोमबार

मुख्यमन्त्री केसीले विस्तार गरे मन्त्रिपरिषद, कुन पार्टीबाट को-को बन्दैछन् मन्त्री ?



काठमाडौं । लुम्बिनी प्रदेशमा आजै ७ सदस्यी मन्त्रिपरिषद विस्तार हुदै छ । मुख्यमन्त्री कुलप्रसाद केसीले आजै सात सदस्यीय मन्त्रीपरिषद विस्तार गर्न लागेका हुन । केसीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका सांसदहरु समेटेर मन्त्रिपरिषद विस्तार गर्ने स्रोतले जनाएको छ ।

मन्त्री हुनेहरुमा कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही रहेका छन ।चौधरीलाई शहरी तथा ग्रामीण विकास र सहसराम यादवलाई भौतिक पूर्वाधार मन्त्रीहरुको मन्त्रालय तोकिएको छ । अन्य मन्त्रीहरुको मन्त्रालय केहिबेरमै तोकिने स्रोतले जनाएको छ ।

मुख्यमन्त्री र मन्त्रीहरुले आजै शपथ लिने छन ।